रुकुम पश्चिमबाट अर्थमन्त्री शर्माको उम्मेदवारी दर्ता
काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनु भएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् । त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिएका छन् । अन्य राजनीतिक दलहरुले पनि उम्मेवारी दिँदै छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया