भारतसँग दक्षिण अफ्रिका सात विकेटले पराजित
काठमाडौं । भारतले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ । योसँगै भारतले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सात विकेट गुमाएर २७८ रन बनाएको थियो । जवाफमा भारतले २५ बल बाँकी रहँदै तीन विकेटको क्षतिमा लक्ष्य पछ्यायो ।
सिरिजको अन्तिम र निर्णायक खेल अक्टोबर ११ मा दिल्लीमा हुनेछ ।
यस खेलमा दक्षिण अफ्रिकाका लागि एडेन मार्करामले सर्वाधिक ७९ रन बनाए । सोही क्रममा रिजा हेन्ड्रिक्सले ७४ रन बनाए । भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिए । भारतका लागि श्रेयस अय्यरले अविजित ११३ रन बनाए । इशान किशनले ९३ रन बनाए । सञ्जु सामसन ३० रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका फोर्टुइन, पारनेल र रबाडाले समान १–१ विकेट लिए ।
श्रेयस अय्यरले एकदिवसीय करियरको दोस्रो शतक पूरा गरेका छन् । उनले १०३ बलमा आफ्नो १०० रन पूरा गरे । श्रेयस एकदिवसीय क्रिकेटमा उत्कृष्ट लयमा छन् । पछिल्लो ६ इनिङ्समा उनले पाँचौं पटक ५० भन्दा बढी रन बनाएका छन् । यस इनिङ्समा उनले १४ चौका प्रहार गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया