सन्दीपलाई आज अदालतमा उपस्थित गराइँदै
काठमाडौं । नाबालिकामाथि करणीको अभियोगमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई आज (सोमबार) अदालतमा उपस्थित गराइने भएको छ ।
प्रहरी नियन्त्रणमा रहेका लामिछानेमाथि अनुसन्धानका लागि अदालतबाट अनुमति लिनुपर्ने भएपछि आज उपस्थित गराउन लागिएको हो । यसअघि लामिछाने दशैं बिदाको समयमा विदेशबाट नेपाल फर्किएकाले अदालतमा उपस्थित गराउन सकिएको थिएन ।
लामिछानेविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक नाबालिकाले आफूमाथि करणी गरेको उजुरी दिएकी थिइन् । तर सन्दीपले आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रहरीमा जाहेरी पर्दा विदेशमा रहेका सन्दीप लामो समय उतै बसेका थिए । सामाजिक सञ्जालमार्फत शारीरिक तथा मानसिक अस्वस्थताका कारण आइसोलेसनमा बसेको बताएका सन्दीप इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारीपछि दशैं बिदामा स्वदेश फर्किएकोमा असोज २० गते विमानस्थलबाटै पक्राउ परेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका उनीमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गर्ने तयारी छ । प्रहरीले यसअघि सन्दीप विदेशमा छँदै पनि उनीमाथिका अभियोगबारे अनुसन्धान गरेको बताइएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया