पाल्पामा २२ घर पहिरोको जोखिममा
पाल्पा । लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिरोले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिरोले जोखिम बढाएको छ । गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो ।
पहिरोका कारण विस्थापित परिवारलाई तत्कालका लागि छिमेकीको घरमा सारिएको छ । पहिराेपीडितलाई पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको वडाध्यक्ष नवीन्द्र थापाले बताए ।
उनका अनुसार तत्कालका लागि घरमा राखिएका अन्नपात र गाईवस्तुलाई ओत लाग्न त्रिपाल वितरण गरिएको छ । बसोबासका लागि गाउँ नै जोखिम बनेको स्थानीय गोकबहादुर सोती गुनासो गर्छन् । उनले भने, ‘तत्कालका लागि मानवीय र घरमा क्षति नदेखिए पनि कतिबेला घर पहिराले लैजान्छ भन्ने निश्चित छैन, गाउँ नै पूरै जोखिममा छ, यसपटक वर्षाले ठूलै पहिरो खसेपछि गाउँका स्थानीयमा त्रास बढेको छ ।’
निस्दी–४ मित्यालको एक विद्यालय र दुई घरमा पनि ठूलो क्षति पुगेको छ । वर्षाले खोपलाकका दुई घर भत्केको छ । माथिबाट खसेको पहिरोले जनकल्याण आधारभूत विद्यालय भवनमा ठूलो क्षति पुगेको धनबहादुर ठाडाले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया