कालीकोटमा मलामी गएका १३ जना बेपत्ता
कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन् ।
शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी सम्पर्कमा नआएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार १५ जनामध्ये दुई जना सम्पर्कमा आएका र १३ जना अझै सम्पर्कविहीन रहेका छन् ।
राँचुलीमा मलामी गएका सम्पर्कविहीन भएको खबर पाएपछि खोजीका लागि प्रहरी टोली पठाएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।
ताजा अपडेट
-
सन्दीप लामिछानेको मुद्दामा बहस सकियो
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
-
बिहीबारदेखि यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
-
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
-
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रतिक्रिया