सवारी साधन आयातमा लगाएको प्रतिवन्ध हटाउन नाडाको माग
काठमाडाैं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रतिबन्धित निजी प्रयोजनका कार, जिप, भ्यान र १५० सिसीभन्दा माथीका दुई पाँग्रे सवारी साधनहरुको लागि लगाइएको प्रतिवन्ध हटाउनको लागि सरकारसँग माग गरेको छ ।
तीब्र आयातका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब परेसँगै सरकारले गत बैंशाख १३ गतेदेखि गाडीसँगै १० प्रकारका वस्तुहरुको आयातमा प्रतितपत्र (एलसी) बन्द गरेको थियो ।
तर, पछिल्लो पटक अन्य वस्तुहरुको प्रतिबन्ध फुकुवा गरे पनि सरकारले गाडीमा लगाइएको प्रतिबन्ध भने हालसम्म खुलाएको छैन । यस्तो प्रतिबन्ध असोज २८ गतेसम्मका लागि जारी राखेको छ । तोकिएको समय सीमा नजिकिएसँगै यता नाडाले गाडीको प्रतिबन्ध खुल्ला गर्न दबाब दिन सुरु गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले अब अरु बढी प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेका छन् । उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘विगतमा सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दबाब परेको कारण देखाउँदै २०७९ वैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउँदै आएको र त्यस प्रतिवन्धलाई क्रमशस् विस्तार गर्दै २०७९ को असोज २८ गतेसम्म पुर्याएको छ । तर हाल विदेशी मुद्रा सञ्चितिलगायत धेरै आर्थिक सूचकांक सकारात्मक अवस्थामा पुगेका छन् ।’
देशलाई भन्सार विन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजश्व बुझाउँदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पुर्याउने नेपालको अटोमोबाइल क्षेत्र रहेको नाडाले स्मरण गराएको छ । खर्बौंको लगानी तथा लाखौंलाई रोजगारी प्रदान गरेको अटोमोबाइल व्यवसाय आज सरकारको उक्त अदूरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको नाडाको आरोप छ ।
अध्यक्ष थापाले भनेका छन्, ‘नेपालको कूल आयातमा निजी प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत ९१७ अर्ब मात्र० भन्दा कम रहेको प्राप्त तथ्यांकहरुबाटै स्पष्ट हुन्छ । तर यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्ब योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौं वस्तुमध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो वस्तु हुन्, जसले आयातको तुलनामा झण्डै दोब्बरभन्दा बढी राजश्व योगदान पुर्याउने गर्दछ । यस तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ । यसै यथार्थताहरुलाई मनन गर्दै कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध अबिलम्ब फुकुवा गर्न माग गर्दछु ।’
यस्तो संवेदनशील विषयमा चौतर्फी दबाब सिर्जना गर्न नाडाले सञ्चार माध्ययमहरुसँग समेत साथ र समर्थनको माग गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया