सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । अहिले उनको आईसीयूमा उपचार भइरहेको किस्ट अस्पतालले जनाएको छ ।
अस्पतालले विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर भएको जानकारी दिएको हो । उनको किस्टमा १८ दिनदेखि उपचार भइरहेको छ । अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले गत आइतबार जोशीको छातीमा निमोनिया संक्रमण देखिएपछि एन्टिबायोटिक सुरू गरिएको बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया