काठमाडौं ५ का उम्मेदवार पोखरेल र पौडेलको जम्काभेट भएपछि …
काठमाडौं । २३ असोजमा उम्मेदवारी मनोनयनसँगै देशमा चुनावी माहोल तातिएको छ । यसैबीच चुनावी प्रचारका क्रममा काठमाडौं ५ का उम्मेदवारद्वय एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेलबीच जम्काभेट भएको छ ।
किरियापुत्रीलाई भेट्न जाने क्रममा दुई मुख्य प्रतिस्पर्धीबीच मंगलबार बिहान बुढानिलकण्ठमा जम्काभेट भएको हो । कांग्रेस बूढानिलकण्ठ ४ का कार्यसमिति सदस्य पवन कार्की भतिजाको किरियापुत्री बस्दा दुवै नेताहरू भेटका लागि पुगेका थिए । यसै भेटमा दुईबीच भेटघाट भएको नेता प्रदीप पौडेल निकट कार्यकर्ताले जानकारी दिए ।
भेटमा पौडेलले मित्रवत प्रतिस्पर्धा गरेर जान प्रस्ताव गरेका थिए । तर पोखरेलले कुनै प्रतिक्रिया दिएनन् ।
‘पोखरेलसँगको भेटमा प्रदीप दाइले ४ मंसिरको चुनावमा मित्रवत प्रतिस्पर्धा गरेर जाउँ भन्नुभयो । तर पोखरेलले कुनै प्रतिक्रिया दिनुभएन । उहाँले हात मिलाउनुभयो अनि हाँसेर टार्नुभयो ।’ पौडेल निकटका ती नेताले भने ।

पौडेलले सोमबारबाट चुनावी घरदैलो अभियान सुरु गरेका छन् । पौडेल २०७४ सालमा तनहुँको प्रदेशसभामा उठेर थोरै मतले पराजित हुन पुगेका थिए ।
काठमाडौं ५ बाट २०७४ सालमा पोखरेल विजयी भएका थिए । उनले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए ।
अघिल्लोपटक एमाले र माओवादी मिलेका थिए । यसपटक माओवादी कांग्रेसको कित्तामा छ । अघिल्लोपटक पराजित भएका महत यसपटक समानुपातिकमा बसेका छन् ।
काठमाडौं ५ मा पोखरेल र पौडलबाहेक स्वतन्त्रकी रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएकी छिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया