अर्थमन्त्री शर्मा अमेरिकामा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मंगलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुगेका छन् ।
अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुग्नुभएको थियो । अमेरिकाको राजधानी वाशिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।
अर्थमन्त्री शर्माको नेतृत्वमा विश्वबैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्रबैंकका उच्च अधिकारीहरु डिसी आइपुगेका छन् ।
अर्थमन्त्री शर्माले बुधवार विश्वबैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनाका साथै विश्वबैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरुमा सहभागी हुनेछन् । उनले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरुसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।
उता सोमबार नै यहाँ आइपुग्नुभएका नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैठकका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाएका छन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया