चुनाव हुन ३९ दिन बाँकी हुँदै कसरी निर्वाचित भए दीपक मनाङे ?
काठमाडौं । दीपक मनाङे गण्डकी प्रदेशकाे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । उनीविरुद्ध कांग्रेस र एमाले कुनै पनि दलले उम्मेदवार नउठाएपछि उनी मनाङको ख प्रदेशसभाबाट निर्विरोध निर्वाचित भएका हुन् ।
२०७४ सालमा उनी स्वतन्त्रबाट सांसद भएका थिए । उनलाई त्यतिखेर एमालेले समर्थन गरेको थियो ।
उनीबाहेक दोर्जे लामाले पनि यसपटक प्रदेशसभामा उम्मेदवारी दिएका थिए । तर लामाले बुधबार उम्मेदवारी फिर्ता लिएपछि चुनाव आउँन ३९ दिन बाँकी हुँदै मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।
मनाङे सुरुमा सत्ता गठबन्धनबाट चुनाव लड्ने तयारीमा थिए । तर उनी गठबन्धनबाट तयार नभई स्वतन्त्र रुपमा खडा भए । एमालेले पनि उनीविरुद्ध उम्मेदवारी दिएन । अर्का स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएपछि अब मनाङेलाई चुनाव नहुँदै निर्विरोध निर्वाचित भएको घोषणा मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ ।
आलोपालो मन्त्री
अघिल्लोपटक स्वतन्त्रबाट सांसद जिते पनि उनलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद मन्त्रीको जिम्मा दिएका थिए । तर नेकपा हुँदै एमालेमासमेत विभाजन आएपछि मुख्यमन्त्री अल्पमतमा पर्न पुगे ।
विकल्पमा कांग्रेसका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा सरकार गठन गर्न फेरि मनाङे नै निर्णायक बन्न पुगेका थिए । उनकै एक भोटले पोखरेल नेतृत्वमा प्रदेश सरकार बनेको थियो । यही निर्णायक मतका लागि उनलाई युवा तथा खेलकुदमन्त्री बनाइएको थियो । जुन पदमा उनी आजसम्म पनि क्रियाशील छन् ।
थोरै मतदाता रहेको हिमालपारीकाे जिल्ला मनाङमा उम्मेदवार पनि थोरै हुँदै आएका छन् । निर्वाचन हुँदा पनि जुन उम्मेदवारले भएका मतदाता बोकेर जिल्ला पुर्याउँछन् उसैले निर्वाचन जित्ने गरेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया