३७६ जनाले फिर्ता लिएपछि अब कति उम्मेदवार ?
काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये बुधबार ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
६ हजार ६ जनामध्ये ३७६ जनाले फिर्ता लिएपछि अब पाँच हजार ६३९ उम्मेदवार बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
जसमा प्रतिनिधिसभातर्फ दुई हजार ४१२ तथा प्रदेशसभातर्फ तीन हजार २२४ जना उम्मेदवार रहेका छन् ।
पुरुषको तुलनामा महिला एकदमै थोरैमात्र उम्मेदवार रहेको पाइएको छ ।
प्रतिनिधिसभातर्फ दुई हजार १८७ जना पुरुषल उम्मेदवारी दिएका छन् भने महिलाको संख्या २२५ मात्र छ ।
यस्तै, प्रदेशसभातर्फ पनि अवस्था उस्तै छ । तीन हजार २९४ जना पुरुषले उम्मेदवारी दर्ता गराएका छन् । तर, महिलाको संख्या भने २८० मात्र छ ।
साथै, पुरुष र महिलाबाहेक अन्य एक जनाले पनि उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया