३७६ जनाले फिर्ता लिएपछि अब कति उम्मेदवार ?
काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये बुधबार ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
६ हजार ६ जनामध्ये ३७६ जनाले फिर्ता लिएपछि अब पाँच हजार ६३९ उम्मेदवार बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
जसमा प्रतिनिधिसभातर्फ दुई हजार ४१२ तथा प्रदेशसभातर्फ तीन हजार २२४ जना उम्मेदवार रहेका छन् ।
पुरुषको तुलनामा महिला एकदमै थोरैमात्र उम्मेदवार रहेको पाइएको छ ।
प्रतिनिधिसभातर्फ दुई हजार १८७ जना पुरुषल उम्मेदवारी दिएका छन् भने महिलाको संख्या २२५ मात्र छ ।
यस्तै, प्रदेशसभातर्फ पनि अवस्था उस्तै छ । तीन हजार २९४ जना पुरुषले उम्मेदवारी दर्ता गराएका छन् । तर, महिलाको संख्या भने २८० मात्र छ ।
साथै, पुरुष र महिलाबाहेक अन्य एक जनाले पनि उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया