भारतले टुक्रेको चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो
काठमाडाैं । भारत सरकारले टुक्रेको चामल निर्यातमा लगाएको प्रतिबन्ध अचानक हटाएको छ । भारतले ८ सेम्टेम्बरमा टुक्रेको चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
हिन्दी समाचारमा जनाइएअनुसार भारतको केन्द्रीय सरकारले सेप्टेम्बर ८ अघि जारी गरिएको ऋण पत्र द्वारा समर्थित ३ लाख ९७ हजार २६७ टन टुक्रेको चामल ढुवानी गर्न अनुमति दिनेछ ।
भारतको धेरैजसो राज्यमा औसतभन्दा कम वर्षा भएकाले धानको क्षेत्रफल घटेको र नागरिकलाई चामलको अभाव नहोस् भनेर सरकारले आन्तरिक आपूर्ति बढाउन ब्रोकन राइस (टुक्रेको चामल) निर्यातमा प्रतिबन्ध लगाएका थिए । साथै अन्य चामलमा भने भारतले २० प्रतिशतसम्म कर लगाएका थिए ।
भारत सरकारको यो कदमले करिब १० लाख टन चामाल अट्किएको रोर्यटर्सको रिर्पोटमा जनाएको छ । चामल निर्यातमा भारत सरकारले प्रतिबन्ध खुला गरेसँगै व्यापारीलाई फाइदा पुग्ने देखिन्छ भने नेपाललाइ समेत फाइदा हुने छ ।
विश्वका विभिन्न मूलुकमध्ये भारत सबैभन्दा धेरै चामल निर्यात गर्ने मूलुक हो । भारतले १५० भन्दा बढी देशमा चामल निर्यात गर्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया