NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

नवौं राष्ट्रिय खेलकुदमा एपिएफलाई स्वर्ण

काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको महिला फोइलको टिम इभेन्टमा एपिएफ क्लबले स्वर्ण पदक जितेको छ ।

पोखरास्थित ब्याडमिन्टन हलमा बिहीबार भएको फाइनलमा बागमती प्रदेशलाई ४६–३२ ले हराएर एपिएफले स्वर्ण हात पारेको हो ।

अनिता अधिकारी, मनीष राई, उर्मिला माझी र मन्दिरा थापासहितको टोलीले स्वर्ण जितेको हो ।

बागमतीकाे टोलीमा गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगिता लम्साल थिए ।

यस्तै, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले कास्य पदक जितेका छन् ।