नवौं राष्ट्रिय खेलकुदमा एपिएफलाई स्वर्ण
काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको महिला फोइलको टिम इभेन्टमा एपिएफ क्लबले स्वर्ण पदक जितेको छ ।
पोखरास्थित ब्याडमिन्टन हलमा बिहीबार भएको फाइनलमा बागमती प्रदेशलाई ४६–३२ ले हराएर एपिएफले स्वर्ण हात पारेको हो ।
अनिता अधिकारी, मनीष राई, उर्मिला माझी र मन्दिरा थापासहितको टोलीले स्वर्ण जितेको हो ।
बागमतीकाे टोलीमा गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगिता लम्साल थिए ।
यस्तै, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले कास्य पदक जितेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया