बदलिँदाे मौसममा कसरी गर्ने स्वास्थ्यको ख्याल ?
काठमाडौं । मौसम बदलावका कारण स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने गर्छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, शरीर तथा टाउको दुख्ने, आँखा पोल्ने लगायत विभिन्न समस्या यो समय देखिने समस्या हुन् ।
यसरी मौसम परिवर्तनको समय देखिने स्वास्थ्य समस्या रोक्न दैनिक खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । बिहान उठेर एक गिलास मनतातो पानीबाट दिनको सुरुवात गर्नुपर्छ । यसले शरीरमा उर्जाका साथै छाला सुख्खा हुनबाट बचाउँछ ।
खानामा हरियो सागसब्जी, फलफूल, गेडागुडीजस्ता प्रोटिनयुक्त र भिटामिनयुक्त खानेकुरामा जोड दिनुपर्छ । फलफूलमा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले दैनिक फलफूल आफ्नो खानामा राख्नुहोस् । त्यस्तै, बेसार, तुलसी, र अदुवाको सेवन गर्नु यो समय फाइदाजनक हुन्छ । शरीर स्वस्थ हुन आहारले मात्र पनि हुँदैन, पूर्ण निन्द्रासमेत आवश्यक छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया