स्थायी कमिटी सदस्य साहसहितका नेताहरू एमालेबाट निष्कासित
काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य एवं मधेश प्रदेशका सहइन्चार्ज प्रभु साहसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमालेले साहसहित तीनजना नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।
निष्कासनमा पर्नेमा साहसति रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाह छन् ।
उनीहरूले पार्टी विरोधी गतिविधि गरेकाले साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको एमाले महासचिव शंकर पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।
स्थायी कमिटी सदस्य साहले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा टिकट लिएर पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग तालमेत गरेकोमा उनले असन्तुष्टि जनाउँदै त्यसलाई अनैतिकको संज्ञा दिएका थिए ।
साह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि नेकपा (माओवादी केन्द्र) छोडेर एमालेतिर लागेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया