स्थायी कमिटी सदस्य साहसहितका नेताहरू एमालेबाट निष्कासित

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य एवं मधेश प्रदेशका सहइन्चार्ज प्रभु साहसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमालेले साहसहित तीनजना नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।
निष्कासनमा पर्नेमा साहसति रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाह छन् ।
उनीहरूले पार्टी विरोधी गतिविधि गरेकाले साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको एमाले महासचिव शंकर पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।
स्थायी कमिटी सदस्य साहले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा टिकट लिएर पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग तालमेत गरेकोमा उनले असन्तुष्टि जनाउँदै त्यसलाई अनैतिकको संज्ञा दिएका थिए ।
साह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि नेकपा (माओवादी केन्द्र) छोडेर एमालेतिर लागेका थिए ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया