शरीर दान गरेका सत्यमोहन जोशीको दाहसंस्कार कसरी हुन्छ ?
काठमाडौं। १०३ वर्षको उमेरमा आज निधन भएका सत्यमोहन जोशी संस्कृतिविद् थिए । उनी राष्ट्रिय व्यक्तित्व समेत हुन् । सरकारले उनको योगदानको कदर गर्दै जोशीलाई राष्ट्रिय व्यक्तित्व घोषणा गरेको थियो ।
जोशीको आज बिहान ६ः५० बजे किस्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।
यसअघि जोशीले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययनका लागि दान गरेका थिए ।
उपचारकै क्रममा जोशीले आफ्नो पूरै शरिर अस्पताललाई दान गर्ने निर्णय गरेका थिए ।
जोशीले पूरै शरीर अस्पताललाई दान गरेकाले अब उनको दाहसंस्कार कसरी गर्ने भन्ने विषय उनको परिवारको सदस्यहरूको अधिकार भएको अस्पतालले जनाएको छ ।
‘परिवारकै सदस्यहरूबीच उहाँले शरीर दान गर्नुभएको हो, तर परिवारका सदस्यहरूले हामी परम्पराअनुसार दाहसंस्कार गछौँ भन्न पाउनु हुन्छ,’ अस्पतालका एक अधिकारीले भने ।
मेडिकल शिक्षामा योगदानका लागि कतिपयले आफु जीवित रहँदै आफ्नो मृत्युपश्चात शरीरको कुनै अंग दान वा पूरै शरीर दान घोषणा गर्ने गर्छन् ।
Breaking News : शताब्दी पुरुष सत्यमोहन जोशीको निधन – NepalWatch
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया