युक्रेनी फुटबलरले छोडे रुसी क्लब
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको पनि एकहप्ता पुगिसकेको छ । यसबीचमा खेलकुद क्षेत्रमा पनि धेरै उथलपुथल आइसकेको छ । रुसी फुटबल टोली प्रतिबन्धमा परिसकेको छ ।
यसैबीच, युक्रेनी फुटबलर यारोस्लाव राकित्स्कीले पनि रुसी क्लब जेनिट सेन्ट पिटर्सवर्ग छाड्ने निर्णय गरेका छन् ।
डिफेन्डर राकित्स्कीले क्लब छाडेको रसियन प्रिमियर लिग क्लब पिटर्सवर्गले जनाएको छ । उनले रुसले आफ्नो देश युक्रेनमाथि आक्रमण गरेपछि सहमतिमै क्लब छाडेका हुन् ।
३२ वर्षीय डिफेन्डर २०१९ को जनवरीमा रसियन क्लब गएका थिए । त्यसअघि उनले युक्रेनी क्लब शाख्तर डोनेट्स्कबाट खेलेका थिए ।
राकित्स्की युक्रनी राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन् । उनले २०१९ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
राकित्स्कीले युक्रेनका लागि ५४ खेल खेलेका थिए । उनले पिटर्सवर्गका लागि १०८ खेलमा ७ गोल गरेका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया