वाङ्मयम शताब्दी पुरुषको निधनले अभिभावक गुमाएको पीडाबोध भएको छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् ।साामजिक सञ्जालमा जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति भण्डारीले जोशीको मृत्युले पीडाबोध भएको जनाएकी छन् ।
‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ,’ उनले लेखेकी छन् ।
जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत रहेको पनि राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।
केही समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका जोशीको आइतबार उपचारका क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको थियो । जोशी १०३ वर्षका थिए ।
जोशीको निधनप्रति प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, साहित्यकारलगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया