कोलम्बिया बस दुर्घटना : २० जनाको मृत्यु, १५ घाइते
एजेन्सी । दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो र पोपायनमा उक्त दुर्घटना भएको हो । यो कोलम्बियाको दक्षिणपश्चिमी कुनामा रहेको तुमाकोको बन्दरगाह सहर र उत्तरपूर्वमा तीन सय २० किलोमिटर टाढा रहेको क्यालीको बीचमा यात्रा गरिरहेको डेली सबाले जनाएको छ । ‘दुर्भाग्यवश, हामीसँग २० जनाको मृत्यु भएको छ,’ नारिनो विभाग ट्राफिक प्रहरीका क्याप्टेन अल्बर्टल्याण्ड अगुडेलोले बताए । यस दुर्घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
कुहिरोको कारण चालकले नियन्त्रण गुमाएका एक प्रारम्भिक समाचारमा जनाइएको छ । प्रहरी र दमकल विभागका उद्धारकर्मीहरूलाई गाडीलाई सीधा राख्न, घाइतेहरूलाई बाहिर निकाल्न र मृतकहरूलाई उद्धार गर्न नौ घण्टा लागेको, अल जजीराले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया