खाडलमा पुरिएको अवस्थामा किशोरकिशोरीको शव फेला

दाङ । जिल्लामा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँको जङ्गलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
उनका अनुसार उनीहरूको शव आज दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । तीन दिनअघि असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए ।
उनीहरूको शवपरीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया