डडेल्धुरासहित सुदूरका पहाडी जिल्लामा विद्युत् अवरुद्ध

डडेल्धुरा । डडेल्धुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए ।
उनका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएकाेमा अहिले मर्मतको काम जारी छ । मर्मत हुनेबित्तिकै विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ ।
अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो । आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताए । विद्युुत् अवरुद्ध हुँदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युुतीय कारोबारमा असहजता भएको छ ।
ताजा अपडेट
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
-
सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता जारी
-
ट्रम्पले फेरि लिए युटर्न, युक्रेनलाई थप हतियार दिने गरे घोषणा
-
भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह
-
सामान्य अंकले घट्यो नेप्से
प्रतिक्रिया