१०५ जनामा संक्रमण पुष्टि, ३२० संक्रमणमुक्त
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कुल ९ लाख ५७ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।
देशभर ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
बिहीबार ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९४३ पुगेको ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया