सशस्त्रका पूर्वजवानद्वारा भतिजलाई गोली हानेर आत्महत्या
काठमाडौं । सशस्त्र प्रहरीका पूर्वजवान वीरन साहले भतिजलाई गोली हानेर आत्महत्या गरेका छन् ।
झापाको गौरादह नगरपालिका–८ का साहले मंगलबार राति ८ बजे भतिज १५ वर्षीय हेमराजमाथि गोली प्रहार गरेका थिए । सामान्य विवादमा काकाले भतिजामथि गोली चलाएको र हेमराज ढलेको प्रत्यक्षदर्शीले प्रहरीसमक्ष बताएका छन् । भतिजलाई गोली लागेलगत्तै त्यहाँबाट भागेर वीरनले आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, दमकले जानकारी दिएको छ । उनको शव घरबाट ५० मिटर टाढा फेला परेको छ ।
घाइते हेमराजको ढाडमा गोली लागेको छ । प्रहरीका अनुसार, उनको अहिले झापाकै बिण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
वीरन सशस्त्र प्रहरीका पूर्वजवान हुन् । उनी चलाएको पेस्तोल अवैध भएको खुलेको छ । उक्त पेस्तोल वीरनले भारतबाट ल्याएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया