NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सशस्त्रका पूर्वजवानद्वारा भतिजलाई गोली हानेर आत्महत्या

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वजवान वीरन साहले भतिजलाई गोली हानेर आत्महत्या गरेका छन् ।

झापाको गौरादह नगरपालिका–८ का साहले मंगलबार राति ८ बजे भतिज १५ वर्षीय हेमराजमाथि गोली प्रहार गरेका थिए । सामान्य विवादमा काकाले भतिजामथि गोली चलाएको र हेमराज ढलेको प्रत्यक्षदर्शीले प्रहरीसमक्ष बताएका छन् । भतिजलाई गोली लागेलगत्तै त्यहाँबाट भागेर वीरनले आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, दमकले जानकारी दिएको छ । उनको शव घरबाट ५० मिटर टाढा फेला परेको छ ।

घाइते हेमराजको ढाडमा गोली लागेको छ । प्रहरीका अनुसार, उनको अहिले झापाकै बिण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

वीरन सशस्त्र प्रहरीका पूर्वजवान हुन् । उनी चलाएको पेस्तोल अवैध भएको खुलेको छ । उक्त पेस्तोल वीरनले भारतबाट ल्याएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।