इण्डोनेसियाद्वारा बालबालिकाको झोल औषधिमा प्रतिबन्ध

काठमाडौं । इण्डोनेसिया सरकारले बालबालिकामा प्रयोग हुने झोल औषधि (सिरप) र सप्लिमेन्टमा प्रतिबन्ध लगाएको छ ।
पछिल्ला केही महिनाको बीचमा सिरप सेवन गरेका ९९ बालबालिकाको मृत्यु भएपछि इण्डोनेसियाले यस्तो निर्णय लिएको हो ।
मिडिया रिपोर्टहरूका अनुसार, सिरप सेवनका कारण मृत्यु भएका बालबालिकाको मिर्गौलामा गम्भीर क्षति पुगेको पाइएको थियो ।
इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले सिरपका कारण बालबालिकाको मृत्युदर ह्वात्तै बढेपछि प्रतिबन्ध लगाउने निचोडमा पुगेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता मुहम्मद सायरिल मन्सुरका अनुसार देशका २० प्रान्तमा ९९ जनाको सिरपका कारण मृत्यु भएको छ ।
बालबालिकाबारे यस्तो निर्णय लिइए पनि अन्य उमेर समूहकाबारे केही गरिएको छैन ।
प्रतिक्रिया