इण्डोनेसियाद्वारा बालबालिकाको झोल औषधिमा प्रतिबन्ध
काठमाडौं । इण्डोनेसिया सरकारले बालबालिकामा प्रयोग हुने झोल औषधि (सिरप) र सप्लिमेन्टमा प्रतिबन्ध लगाएको छ ।
पछिल्ला केही महिनाको बीचमा सिरप सेवन गरेका ९९ बालबालिकाको मृत्यु भएपछि इण्डोनेसियाले यस्तो निर्णय लिएको हो ।
मिडिया रिपोर्टहरूका अनुसार, सिरप सेवनका कारण मृत्यु भएका बालबालिकाको मिर्गौलामा गम्भीर क्षति पुगेको पाइएको थियो ।
इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले सिरपका कारण बालबालिकाको मृत्युदर ह्वात्तै बढेपछि प्रतिबन्ध लगाउने निचोडमा पुगेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता मुहम्मद सायरिल मन्सुरका अनुसार देशका २० प्रान्तमा ९९ जनाको सिरपका कारण मृत्यु भएको छ ।
बालबालिकाबारे यस्तो निर्णय लिइए पनि अन्य उमेर समूहकाबारे केही गरिएको छैन ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया