नेदरल्याण्डसविरुद्धको खेलमा श्रीलंका विजयी

काठमाडौं । टी २० विश्वकपमा श्रीलंकाले नेदरल्याण्डविरुद्ध जित हात पारेको छ । १६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस् १४६ रनमा रोकिंदा १६ रनले पराजित हुन पुगेको हो । यस क्रममा नेदरल्याण्डले ९ विकेट गुमायो ।
लगातार दुई खेल जितेर उत्साही बनेको नेदरल्याण्डविरुद्ध श्रीलंकालाई जित्नैपर्ने थियो । नामिबियासँग अप्रत्याशित पराजय बेहोरेर दबाबमा आएको श्रीलंका जितपछि सहज अवस्थामा देखिएको छ ।
नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले अन्तिमतिर आक्रामक पारी खेले पनि जितसम्म पुर्याउन सकेनन् । उनी ५३ बलमा ७१ रन बनाएर अविजित रहे ।
जितसँगै श्रीलंका समूह एको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट चार अंक बटुल्दै श्रीलंका पहिलो स्थानमा उक्लिएको हो । चार अंक भए पनि नेदरल्याण्डस् रनरेटका आधारमा दोस्रो स्थानमा छ ।
जितसँगै श्रीलंका सुपर १२ मा पुगेको छ । अब नामिबिया र युएईबीचको खेलले अर्को टिमको यात्रा तय गर्नेछ । नामिबिया जिते नेदरल्याण्डस रनरेटले गर्दा चार अंक भए पनि बाहिरिनेछ । युएईले जितेमात्रै नेदरल्याण्डस् सुपर १२ मा पुग्नेछ ।
अहिले युएईले टस जितेर नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको छ । सात ओभरमा विना विकेट युएईले ३६ रन बनाएको छ ।
नामिबियाको दुई खेलबाट दुई अंक छ । युएईले दुई खेलमा अंक जोड्न सकेको छैन ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया