२ महिनामा शोधान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा
काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/०८० को दुई महिना अर्थात (साउन- भदौ) मा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रूपैयाँले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यकअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रूपैयाँले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ३७ अर्ब १८ करोड रूपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्ब ८ करोड रूपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको छ ।
दुई महिनाको अवधिमा पुँजीगत ट्रान्सफर १६.९ प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब २५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ४ करोड रहेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया