खारेज हुँदै समानुपातिकतर्फका ३८५ उम्मेदवारको उम्मेदवारी
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीमा कम्तीमा ३८५ जनालाई हटाउने भएको छ ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार शनिबारसम्म निर्वाचन खर्च नबुझाउनेको नाम आयोगले सूचीबाट हटाउन लागेको हो ।
प्रदेश र प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेटिएकामध्ये ४३९ जनाले निर्वाचन खर्च विवरण बुझाएका थिएनन् । यस्ता उम्मेदवारलाई जरिवाना बुझाउने समय शनिबारसम्म दिइएको थियो । आयोगका अनुसार, निर्देशनबमोजिम जरिवाना बुझाउनेको संख्या ५४ मात्रै छ ।
आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने १ लाख २३ हजार व्यक्तिलाई जरिवाना तोकेको छ । उनीहरूलाई ५० हजारदेखि ७ लाख रूपैयाँसम्म जरिवाना गरिएको छ । जरिवानामा पर्नेहरूमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहदेखि धरानका मेयक हर्कराज राईसम्म छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया