खारेज हुँदै समानुपातिकतर्फका ३८५ उम्मेदवारको उम्मेदवारी
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीमा कम्तीमा ३८५ जनालाई हटाउने भएको छ ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार शनिबारसम्म निर्वाचन खर्च नबुझाउनेको नाम आयोगले सूचीबाट हटाउन लागेको हो ।
प्रदेश र प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेटिएकामध्ये ४३९ जनाले निर्वाचन खर्च विवरण बुझाएका थिएनन् । यस्ता उम्मेदवारलाई जरिवाना बुझाउने समय शनिबारसम्म दिइएको थियो । आयोगका अनुसार, निर्देशनबमोजिम जरिवाना बुझाउनेको संख्या ५४ मात्रै छ ।
आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने १ लाख २३ हजार व्यक्तिलाई जरिवाना तोकेको छ । उनीहरूलाई ५० हजारदेखि ७ लाख रूपैयाँसम्म जरिवाना गरिएको छ । जरिवानामा पर्नेहरूमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहदेखि धरानका मेयक हर्कराज राईसम्म छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया