श्रीलंकालाई आयरल्याण्डले दियो सामान्य लक्ष्य
काठमाडौं । टी २० विश्वकप अन्तर्गतको सुपर १२ को खेलमा आयरल्याण्डले श्रीलंकालाई १२९ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १२८ रनमात्रै बनाउन सकेको हो ।
आयरल्याण्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ४५ र पाउल स्टर्लिङले ३४ रन बनाए । श्रीलंकाका सातै जना बलरले विकेट लिए । यस क्रममा महेश थिक्साना र हर्सङगा डि सिल्भाले दुईदुई विकेट लिए । अरू चारकाे नाममा एकएक विकेट रह्याे ।
यी दुई टिमले ग्रुप एमा पहिलो म्याच खेलिरहेका हुन् ।
अघिल्लो दिन न्युजिल्याण्डले अष्ट्रेलिया र इंङल्याण्डले अफगानिस्तालाई पराजित गरेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया