श्रीलंकालाई आयरल्याण्डले दियो सामान्य लक्ष्य

काठमाडौं । टी २० विश्वकप अन्तर्गतको सुपर १२ को खेलमा आयरल्याण्डले श्रीलंकालाई १२९ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १२८ रनमात्रै बनाउन सकेको हो ।
आयरल्याण्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ४५ र पाउल स्टर्लिङले ३४ रन बनाए । श्रीलंकाका सातै जना बलरले विकेट लिए । यस क्रममा महेश थिक्साना र हर्सङगा डि सिल्भाले दुईदुई विकेट लिए । अरू चारकाे नाममा एकएक विकेट रह्याे ।
यी दुई टिमले ग्रुप एमा पहिलो म्याच खेलिरहेका हुन् ।
अघिल्लो दिन न्युजिल्याण्डले अष्ट्रेलिया र इंङल्याण्डले अफगानिस्तालाई पराजित गरेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया