तिहारमा भुलेर पनि दिन नहुने यी उपहार
काठमाडाैं । नेपालीहरूको महान चाड दशैँ सकेर अहिले दोस्रो महान चाड तिहार सुरू भइसकेको छ । तिहार सुख,शान्ति, समृद्धिले, भावना, प्रेम, सद्भावले जोडिएको पर्व हो । सो अवसरमा नजिकको आफन्त, इष्टमित्र, साथीभाइ भाइदाजुभाइ दिदीबहिनीलाई उपहार दिने लिने चलन छ ।
तर हामीलाई थाहा नहुन सक्छ तिहारमा कुन उपहार दिन हुन्छ कुन हुँदैन । हुन त उपहार जे दिँदा पनि के हुन्छ र भन्ने सोच पनि हुन सक्छ । तर शास्त्रीय मान्यताअनुसार तिहारमा दिने यस्ता उपहार जसले धनवृद्धि हुनुको सट्टामा गरिबीतिर धकेलिन सक्ने जनविश्वास छ ।
यस्ता उपहारले लिने र दिनेको घरमा सुखशान्तिको अन्त्य हुने विश्वास रहेको छ । तिहारमा उपहार दिनेको मात्रै हैन लिनेको पनि भाग्य विग्रने या सप्रने दुबै हुन सक्छ । त्यसैले केही यस्ता उपहार जुन दिन हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
शास्त्रीय नियमअनुसार तिहारमा दिनै नहुने यी उपहार
रूमाल र अत्तर
शास्त्रअनुसार तिहारमा रूमाल या अत्तर (परफ्युम) कसैलाई पनि उपहार दिनु हुँदैन । ज्योतिशशास्त्रअनुसार कसैलाई उपहार दिँदा दिनेको कुण्डलीमा शुक्र ग्रह कमजोर हुन थाल्छ भन्ने मान्यता छ । अत्तरलाई शुक्रको कारक पनि मानिन्छ । कसैलाई अत्तर दिनु भनेको आफ्नो भाग्य दिनु जस्तै भएकाले दिन नहुने मान्यता छ ।
काँचको वस्तु
तिहारमा उपहार दिँदा काँचको वस्तु हुनुहुँदैन भन्ने मान्यता छ । काँच फुट्ने सम्भावना धेरै हुन्छ र फुट्नु असुभ मानिन्छ । शास्त्रीय मान्यताअनुसार काँच फुट्दा कुण्डलीमा शुभ स्थिति बिग्रन्छ ।
फलामका भाँडा
तिहामा फलामको भाँडा उपहार दिनु पनि असुभ नै मानिन्छ । शास्त्रअनुसार फलामको सम्बन्ध राहुँसँग हुने भएकाले अशुभ मानिन्छ । राहुको अशुभ प्रवाभले गरिब हुने र धनको अभाव हुने विश्वास छ ।
लक्ष्मीअंकित चाँदीका सिक्का
शास्त्रअनुसार तिहारमा लक्ष्मीअंकित चाँदीको सिक्का उपहारमा दिनु हुँदैन । जुन दिने र लिने दुबैलाई अशुभ हुने विश्वास छ ।
जुत्ताचप्पल
तिहारमा कसैलाई पनि उपहारमा जुत्ताचप्पल दिनुहुँदैन । जुत्ताचप्पल लिने र दिनेको घरमा गरिबी बढ्दै जाने र सुखशान्तिको अन्त्य हुने विश्ववास छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया