तिहार तथा छठमा मोवाइल बैंकिङ फण्ड ट्रान्सफर निःशुल्क
काठमाडौं । तिहार तथा छठको अवसरमा कनेक्टआइपिएसमार्फत् फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।
यो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुने छ । कनेक्ट आइपिएसको बढ्दो प्रयोग तथा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका निम्ति सो अफर लागू गरिएको कम्पनीले जनाएको छ ।
कनेक्ट आइपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङमा रहेको कनेक्ट आइपीएसमार्फत् प्रतिदिन प्रतिकारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।
ताजा अपडेट
-
विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : देउवा
-
विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएको : प्रधानमन्त्री (पूर्णपाठ)
-
इलाममा मतगणना सुरु
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
प्रतिक्रिया