भारतविरुद्ध पहिले ब्याटिङमा उत्रियो पाकिस्तान
काठमाडौं । टी २० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
टस जितेर भारतले पहिले फिल्डिङ रोजेपछि पाकिस्तान ब्याटिङमा उत्रिएको छ ।
सुपर १२ को समूह २ को खेलमा भारत र पाकिस्तानले आ–आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । अघिल्लोपटकको टी २० को सुपर १२ कै खेलमा भारत पाकिस्तानसँग १० विकेटको नमिठो पराजय भोग्न बाध्य भएको थियो ।
क्रिकेटको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग बदला लिने सुरमा भारतीय टिम छ ।
पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवान पछिल्लो समय गज्जव लयमा छन् । पाकिस्तानले ब्याटिङ सुरु गरिसकेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया