प्रधान सेनापति र राष्ट्रसंघका सैनिक सल्लाहकार डोयपबीच भेट
काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालयका सैनिक सल्लाहकार जनरल बिरामे डोयपबीच भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पु-याएको योगदानबारे छलफल भयो । उनीहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा जनरल डोयपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही पु-याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे ।
प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रुपमा प्रभावकारी ढंगबाट शान्ति मिसनहरुमा खटिने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रसंघ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुईदिने विशेष कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । राष्ट्रसंघका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पु-याएको योगदानको अन्तर्राष्ट्रियजगत्बाट उच्च मूल्याङ्कन हुने सेनाले विश्वास लिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया