प्रधान सेनापति र राष्ट्रसंघका सैनिक सल्लाहकार डोयपबीच भेट

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालयका सैनिक सल्लाहकार जनरल बिरामे डोयपबीच भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पु-याएको योगदानबारे छलफल भयो । उनीहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा जनरल डोयपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही पु-याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे ।
प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रुपमा प्रभावकारी ढंगबाट शान्ति मिसनहरुमा खटिने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रसंघ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुईदिने विशेष कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । राष्ट्रसंघका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पु-याएको योगदानको अन्तर्राष्ट्रियजगत्बाट उच्च मूल्याङ्कन हुने सेनाले विश्वास लिएको छ ।
ताजा अपडेट
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
-
पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास
-
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
प्रतिक्रिया