कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान १०ः३० बजे घोषणापत्र सार्वजनिक गर्न लागिएको जनाएका छन् ।
उनका अनुसार, जुममार्फत घोषणापत्र सार्वजनिक गरिँदैछ ।
यसअघि कांग्रेसले आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको थियो । तर केही विषय परिमार्जन गर्नुपर्ने भएपछि सोमबारका लागि तय गरिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेका थिए । यही समितिले आसन्न निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार पारेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया