कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान १०ः३० बजे घोषणापत्र सार्वजनिक गर्न लागिएको जनाएका छन् ।
उनका अनुसार, जुममार्फत घोषणापत्र सार्वजनिक गरिँदैछ ।
यसअघि कांग्रेसले आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको थियो । तर केही विषय परिमार्जन गर्नुपर्ने भएपछि सोमबारका लागि तय गरिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेका थिए । यही समितिले आसन्न निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार पारेको हो ।
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया