बंगलादेशविरुद्ध नेदरल्याण्डसलाई सुरुवातमै चार झट्का
काठमाडौं । टी २० विश्वकपको सुपर १२ मा बंगलादेशविरुद्ध १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसले कमजोर सुरुवात गरेको छ । खेलको पहिलो र दोस्रो बलमै विकट गुमाएको डच टोलीले १५ रन हुँदा चार विकेट गुमाएको हो ।
३.२ र ३.४ ओभरमा डच टोलीले रनआउटमा दुई विकेट गुमाएको हो ।
विक्रमजित सिंह र बास दे लिडे र टिम कुपर शून्य रनमा आउट भए । कुपर एक बल पनि नखेली आउट भएका हुन् । म्याक्स ओ डाउडले ८ रन बनाए ।
यस अघि बंगलादेशका लागि आफिफ हुसेनले ३८, नजमुल हुसेनले २५, मोसादिक हुसेनले २० र सौम्य सरकारले १४ रन बनाए ।
सकिव अल हसनले ७ रन मात्रै बनाए ।
बलिङतर्फ पल भान र भास डे लिडेले दुईदुई विकेट लिए ।
ग्रुप बीमा अघिल्लो दिन भारतले रोमाञ्चक खेलमा पाकिस्तानलाई अन्तिम बलमा ४ विकेटले पराजित गरेको थियो ।
६/६ टिम रहेका दुवै समूहका शीर्ष दुईदुई टोली सोझै सेमिफाइनलमा पुग्नेछन् । यसैले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया