बंगलादेशविरुद्ध नेदरल्याण्डसलाई सुरुवातमै चार झट्का
काठमाडौं । टी २० विश्वकपको सुपर १२ मा बंगलादेशविरुद्ध १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसले कमजोर सुरुवात गरेको छ । खेलको पहिलो र दोस्रो बलमै विकट गुमाएको डच टोलीले १५ रन हुँदा चार विकेट गुमाएको हो ।
३.२ र ३.४ ओभरमा डच टोलीले रनआउटमा दुई विकेट गुमाएको हो ।
विक्रमजित सिंह र बास दे लिडे र टिम कुपर शून्य रनमा आउट भए । कुपर एक बल पनि नखेली आउट भएका हुन् । म्याक्स ओ डाउडले ८ रन बनाए ।
यस अघि बंगलादेशका लागि आफिफ हुसेनले ३८, नजमुल हुसेनले २५, मोसादिक हुसेनले २० र सौम्य सरकारले १४ रन बनाए ।
सकिव अल हसनले ७ रन मात्रै बनाए ।
बलिङतर्फ पल भान र भास डे लिडेले दुईदुई विकेट लिए ।
ग्रुप बीमा अघिल्लो दिन भारतले रोमाञ्चक खेलमा पाकिस्तानलाई अन्तिम बलमा ४ विकेटले पराजित गरेको थियो ।
६/६ टिम रहेका दुवै समूहका शीर्ष दुईदुई टोली सोझै सेमिफाइनलमा पुग्नेछन् । यसैले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया