पल शाह प्रकरणपछि ‘म यस्तो गीत गाउँछु २’ ले एक हप्तामा उठायो ५ करोड
काठमाडौं । साढे दुई करोड लागत रहेको म यस्तो गीत गाउँछु २ ले रिलिज भएको एक हप्तामै पाँच करोडको व्यापार गरेको दाबी गरिएको छ । फिल्मकी निर्माता एवं नायिक पूजा शर्माले एक हप्तामा नै फिल्मले ४ करोड ९५ लाखको व्यापार गरेको फेसबुकमार्फत दाबी गरेकी हुन् ।
एक गायिकामाथि नायक पल शाहमाथि जबर्जस्ती करणी आरोपको जाहेरी परेको भोलिपल्ट उनैले खेलेको फिल्म रिलिज भएको थियो । फिल्म रिलिज हुने दिन नै गम्भीर आरोपमा जाहेरी परे पनि एक हप्तामा नै फिल्मले राम्रो आम्दानी गरेको दाबी गरिएको हो ।
रिलिजको अघिल्लो दिनको प्रिमियरमा उपस्थित हुन खोजे पनि जाहेरी परेका कारण पल रोखिएका थिए । केही प्रहरीको खोजीमा रहेका पलले केही दिनमै जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आफैं गिरफ्तारी दिएका थिए । सात दिने म्याद म्यादको अवधिमा शाहमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
फिल्म रिलिज भएको शुक्रबार एक हप्तामात्रै पुगेको छ ।
‘जय दर्शक 🙏 जय नेपाली सिनेमा
आज बाट भव्य सफलता साथ देशभर दोश्रो हप्तामा #म_यस्तो_गीत_गाँउछु_२ सम्पूर्ण सिनेमा हलहरू सम्पूर्ण पत्रकार ज्यूहरू सम्पूर्ण दर्शक ज्यूहरू सम्पूर्ण चलचित्रकर्मी ज्यूहरू मा यो माया सम्मानको लागी मनै देखी धन्यबाद 🙏
म यस्तो गीत गाँउछु २ (Family)’ नायिक एवं निर्माता शर्माले सामाजिक संजालमा लेख्दै पहिलाे हप्ता फिल्मले चार कराेड ९० लाख उठाएकाे दाबी गरेकी हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया