भारतले नेदरल्याण्डसलाई दियो १८० रनको लक्ष्य

काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा भारतले नेदरल्याण्डसलाई १८० रनको लक्ष्य दिएको छ ।
२० ओभरमा भारतले २ विकेट गुमाउदँदै १७९ रन जोडेको छ । भारतका लागि विराट कोेहलीले ४४ बलमा ६२ र सूर्यकुमार यादवले २५ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । रोहित शर्माले पनि ३९ बलमा ५३ रन बनाए ।
सुपर १२ अन्तर्गत समूह २ को खेलमा भारतले खेल जित्दा समूहमा पहिलो स्थानमा पुग्नेछ । जसले सेमिफाइनल यात्रालाई सहज बनाउन मद्दत गर्नेछ ।
यसै समूहका आज पाकिस्तान र जिम्बावे पनि भिड्दैछन् । पहिलो खेलमा भारतसँग अन्तिम बलमा पराजित भएपछि पाकिस्तानलाई अब सेमिफाइनमा पुग्न बाँकी खेलमा जित आवश्यक देखिएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया