कालीकोटमा बम विस्फोट, दुई बालबालिकाको मृत्यु, ३ घाइते

काठमाडौं । कालीकोटमा बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको तिलागुफा नगरपालिका–१०, रानावाडाको कोदोबारीमा बम विस्फोट भएको हो ।
घटनामा स्थानीय ४ वर्षीया बालिका झरना थापा र सरस्वती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए ।
सोही विस्फोटमा परी तिलागुफा नगरपालिका–१०, रानावाडका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ३ वर्षीया दर्शना राना गम्भीर घाइते भएका छन् । उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ ।
बालबालिका खेलिरहेका बेला शनिबार एक्कासि बम विस्फोट भएको थियो । बम नयाँ हो वा पुरानो, खुल्न बाँकी छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया