बंगलादेशविरुद्ध १५१ रनको लक्ष्य पछ्याउँदै जिम्बावे

काठमाडौं । टी २० विश्वपकको सुपर १२ को खेलमा जिम्बावेले बंगलादेशविरुद्ध १५१ रनको लक्ष्य पछ्याउँदै छ । दुई ओभरको खेल सकिंदा जिम्बावेले १२ रन कटाउँदा एक विकेट गुमाएको छ । पहिले ब्याटिङ गरेर बंगलादेशले २० ओभरमा सात विकेट गुमाएर १५० रन बनाएको थियो ।
ग्रुप बीमा बंगलादेशको लागि आजको खेल निक्कै महत्वपूर्ण छ । किनकी आजको खेल जित्दा बंगलादेशको तीन खेलबाट चार अंक हुनेछ । जसले सेमिफाइनलमा पुग्ने आशा जिवित नै राख्नेछ । यसपछिका खेल झन् कठिन हुने हुँदा बंगलादेशलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
तर पाकिस्तानलाई हराएर उत्साही बनेको जिम्बावे पनि कमजोर छैन ।
तीन अघि पहिले नै भएको जिम्बावेले खेल जिते तीन खेलबाट ५ अंक बनाउनेछ । जसले उसलाई अंक तालिकाको पहिलो स्थानमा लानेछ ।
आजै नेदरल्याण्डस र पाकिस्तानको साथै भारत र दक्षिण अफ्रिकाको पनि खेल हुनेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया