पसलमा आगलागी हुँदा एक करोड बढी मूल्यका सामान नष्ट
सुदूरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् ।
आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् ।
यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।
हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युतकाे लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो ।
आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया