बंगलादेशले निकाल्यो रोमाञ्चक जित

काठमाडौं । टी २० विश्वपकको सुपर १२ को खेलमा जिम्बावेविरुद्ध बंगलादेशले रोमाञ्चक जित निकालेको छ । १५१ रनको लक्ष्य पछ्याएको जिम्बावेलाई रोक्दै बंगलादेशले रोमाञ्चक तीन रनको जित दर्ता गरेको हो ।
अन्तिम ओभरमा जितका लागि जिम्बावेलाई १६ रन चाहिएको थियो । तर रोमाञ्चक बनेको अन्तिम ओभरमा नो बल पाउँदासमेत जिम्बावे जितसम्म पुग्न सकेन ।
पहिलो बलमा लेगबाइबाट जिम्बावेले एक रन जोड्यो । दोस्रो बलमा विकेट गुमायो । तेस्रो बलमा लेगबाइबाट चार रन आयो । चौथो बलमा छक्का प्रहार गर्यो । जितका लागि अब दुई बलमा पाँच रन आवश्यक देखियो । पाँचौ बलमा फेरि विकेट गुम्यो । अब अन्तिम बलमा जितका लागि पाँच रच आवश्यक देखियो । छैठौ बलमा नो भयो ।
जसले जिम्बावेलाई एक रन फाइदा भयो । साथै एक बल पनि फाइदा भयो । अब अन्तिम बलमा जितका लागि एउटा चौकाको खाँचो देखियो । तर अन्तिम बलबाट कुनै रन नआएपछि बंगलादेशले जिम्बावेविरुद्ध रोमाञ्चक तीन रनको जित निकालेर सुपर १२ को दोस्रो स्थानमा पुग्यो । जितसँगै बंगलादेशको तीन खेलबाट चार अंक भएको छ ।
पाकिस्तानलाई एक रनले हराएर उत्साही बनेको जिम्बावेले जित्न सकेको भए । पाँच अंकसहित आफूलाई पहिलो स्थानमा पुर्याउने थियो । तर बंगलादेशले खेल आफ्नो कब्जामा पार्यो ।
बंगलादेशको जितसँगै यो समूहको समीकरण रोचक बन्न पुगेको छ ।
दुई खेलबाट भारत चार अंकसहित पहिलो स्थानमा छ । दुई खेलबाटै दक्षिण अफ्रिका तीन दुई खेलबाट तीन अंकसहित तेस्रो स्थानमा छ । अब भारत र दक्षिण अफ्रिका आमनेसामने हुनेछन् । दक्षिण अफ्रिका जिते समीकरण थप रोमाञ्चक बन्नेछ ।
भारत जिते सेमिफाइनल यात्रा तय लगभग पक्का गर्नेछ । दुईमध्ये एक खेल पनि नजितेको पाकिस्तान अब भारतले सबै खेल जितोस् भन्ने कामनामा हुनेछ । किनकी अब भारतले तीनवटै जित्ने र पाकिस्तानले पनि तीनवटै खेल जिते भारत र पाकिस्तान सेमिफाइनलमा पुग्नेछन् ।
भारतले दक्षिण अफ्रिका, बंगलादेश र जिम्बावेसँग खेल्न बाँकी छ ।
पाकिस्तानले नेदरल्याण्डससँग अहिले खेलिरहेको छ । दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया