भारतले दक्षिण अफ्रिकालाई दियो १३४ रनको न्यून लक्ष्य

काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा भारतले दक्षिण अफ्रिकालाई १३४ रनको लक्ष्य दिएको छ । भारतका लागि सूर्यकुमार यादवले मात्रै अर्धशतकीय पारी खेले । ९ विकेट क्षतिमा भारतले २० ओभरमा १३३ रनमात्रै बनाएकाे हाे ।
उनले ४० बलमा ६८ रन बनाए । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले कमजोर सरुवात गरेको थियो । ४९ रन हुँदा भारत ५ विकेट गुमाएर निक्कै दबाबमा आएको थियो । भारतका लागि केएल राहुलले ९, रोहित शर्माले १५, विराट कोहलीले १२ रन बनाए ।
हार्दिक पाण्ड्याले २, दिनेश कार्तिकले ६ र रविचन्दन आश्विनले सात रन बनाए । भारतलाई सस्तैमा समेट्न लुङदी लेगीले चार र वाइने पार्नेलले तीन विकेट लिए ।
आजको खेलमा भारत पराजित भए पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बन्नेछ । भारतलाई भने बंगलादेश र जिम्बाब्वेसँगको खेलले सेमिफाइनल पुर्याउन सक्नेछ । आज पनि पराजित भएर बाँकी दुई खेलमा पनि भारत पराजित हुने र पाकिस्तान बाँकी खेलमा जित्यो भने सेमिफाइनल पुग्न सक्नेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया