भारतले दक्षिण अफ्रिकालाई दियो १३४ रनको न्यून लक्ष्य
काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा भारतले दक्षिण अफ्रिकालाई १३४ रनको लक्ष्य दिएको छ । भारतका लागि सूर्यकुमार यादवले मात्रै अर्धशतकीय पारी खेले । ९ विकेट क्षतिमा भारतले २० ओभरमा १३३ रनमात्रै बनाएकाे हाे ।
उनले ४० बलमा ६८ रन बनाए । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले कमजोर सरुवात गरेको थियो । ४९ रन हुँदा भारत ५ विकेट गुमाएर निक्कै दबाबमा आएको थियो । भारतका लागि केएल राहुलले ९, रोहित शर्माले १५, विराट कोहलीले १२ रन बनाए ।
हार्दिक पाण्ड्याले २, दिनेश कार्तिकले ६ र रविचन्दन आश्विनले सात रन बनाए । भारतलाई सस्तैमा समेट्न लुङदी लेगीले चार र वाइने पार्नेलले तीन विकेट लिए ।
आजको खेलमा भारत पराजित भए पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बन्नेछ । भारतलाई भने बंगलादेश र जिम्बाब्वेसँगको खेलले सेमिफाइनल पुर्याउन सक्नेछ । आज पनि पराजित भएर बाँकी दुई खेलमा पनि भारत पराजित हुने र पाकिस्तान बाँकी खेलमा जित्यो भने सेमिफाइनल पुग्न सक्नेछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया