विकासका काममा भ्रम नछरौँ : विष्णु पौडेल
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा भ्रम नछर्न आग्रह गरेका छन् । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतङ्कित बनाउनु गलत भएको बताए ।
बुटवल–११ युद्धनगरमा आज तिनाउ–दानव करिडोरबारे छलफल गर्दै रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पौडेलले स्थानीयको उचित व्यवस्थापनपछि मात्रै काम अघि बढ्ने स्पष्ट पारे । करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको भन्दै उनले विकासका नाममा कसैले पनि घरबारविहीन हुनु नपर्ने बताए ।
पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएकाल उनले बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया