यसरी रद्द भयो दिल्ली उडान
काठमाडौं । क्यानले काठमाडौंमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई ‘विन्टर सेड्युल’ बनाउँदा कम्तीमा एउटा उडान भैरहवाबाट राख्न भनेको थियो । पहिलो चरणमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा र हिमालयन एयरलाइन्सले भैरहवाबाट उडान गर्नुपर्ने र क्रमशः कतार एयरवेज, फ्लाइट दुबई, एयर अरेबियालाई पनि भैरहवाबाट उडान गर्न लगाउने क्यानको तयारी थियो । सोही तयारीअनुरूप क्यानले तिहारअघि ४ कात्तिकमा नेपाल वायुसेवा र हिमालयनलाई पत्राचार गरेरै ३० अक्टोबरदेखि भैरहवाबाट कम्तीमा एउटा उडान अनिवार्य गर्न भनेको थियो । तर, दुवै एयरलाइन्सले विन्टर सेड्युलमा भैरहवाबाट उडानतालिका नराखेर अटेर गरेपछि दुवै वायुसेवाको उडान कटौती गरेको क्यानले जनाएको छ ।
नेपालमा दैनिक तीनभन्दा बढी उडान गर्ने विदेशी वायुसेवालाई १६ डिसेम्बरदेखि भैरहवाबाट कम्तीमा एउटा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । अहिले विदेशी वायुसेवा फ्लाई दुबई, कतार र एयर अरेबियाले काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्दै आइरहेका छन् । २ जेठदेखि सञ्चालनमा आएको ३१ अर्बभन्दा बढी लगानी भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा कुवेतको जजिरा एयरवेजले सातामा तीन उडान मात्रै गर्दै आइरहेको छ । भैरहवाको अन्तर्राष्ट्रिय एयरपोर्टलाई ‘बिजनेस’ दिनका लागि क्यान नेतृत्व आक्रामक भएर लागेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया