सशस्त्रका दुई नायब निरीक्षक निलम्बित
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई नायब निरीक्षक (वरिष्ठ सई) निलम्बित भएका छन् । आचरणविपरीतको गतिविधि गरेपछि नायब निरीक्षकद्वय गोविन्द सुवेदी र कृष्णबहादुर मगरलाई निलम्बित गरिएको हो ।
सुवेदी सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तु र मगर सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत थिए ।
सुवेदीमाथि यही कात्तिक ४ गते निर्वाचन सुरक्षा वेस स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारी पुर्याएर फर्कंने क्रममा जिम्मेवारी उचित ढंगले निर्वाह नगरी सवारी दुर्घटना गराएको आरोप छ । मगरमाथि चाहिँ गत असोज २० गते भारतीय भूमिमा मृत्त फेला सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव प्रकरणको छानबिनमा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको अभियोग लागेको छ ।
नायब निरीक्षकद्वयले गरेका आचरणविपरीतका कार्यमाथि छानबिन गर्नुपर्ने भएपछि उनीहरूलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया