NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुपर १२ को रोमाञ्चक समीकरण : श्रीलंका र अफगानिस्तान भिड्दै

काठमाडौं । टी २० विश्वकप क्रिकेटको सुपर १२ मा सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएका दुई टोली श्रीलंका र अफगानिस्तान भिड्दैछन् । सुपर १२ को ग्रुप एमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

ग्रुप एमा श्रीलंका ती खेलबाट दुई अंकसहित पाँचौं र अफगानिस्तान पनि तीन खेलबाट दुई अंकसहित छैटौं स्थानमा छ । श्रीलंकाले एक जित्दा दुई खेल हारेको छ । अफगानिस्तान एक खेल हार्दा दुई खेल स्थगित हुँदा एकएक गरी दुई अंक पाएको हो ।

आजको खेलमा श्रीलंकाले जितेर अन्तिम खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गर्ने र श्रीलंकाले इंग्ल्याण्डलाई पराजित तथा इंल्याण्डलाई न्युजिल्याण्डले पनि पराजित गरे श्रीलंका पनि ६ अंकसहित सेमिफाइनल पुग्न सक्छ । अफगानिस्तानले पनि बाँकी दुई खेल लगातार जित्ने अरु टिमको नतिजा पनि आफू अनुकूल आए सेमिफाइनलको ढोका खोल्न सक्छ । तर अनुभवी टिमविरुद्ध श्रीलंका र अफगानिस्तानलाई जित निकाल्न कठिन पर्न सक्छ । आजै न्युजिल्याण्ड र इंग्ल्याण्ड पनि भिड्दैछन् ।

यो समूहमा न्युजिल्याण्ड तीन खेलबाट ५ अंकसहित पहिलो र अष्ट्रेलिया चार खेलबाट ५ अंकसहित दोस्रो स्थानमा छ । इंग्ल्याण्ड तीन खेलबाट तीन अंकसहित तेस्रो स्थानमा छ । आजै न्युजिल्याण्ड र इंल्याण्ड भिड्दैछन् । न्युजिल्याण्ड विजयी भए सेमिफाइनल प्रवेश गर्नेछ । इंग्ल्याण्ड विजयी भए शीर्ष तीनवटै टिमको समान ५ ५ अंक हुनेछ । यसैले आजको खेल न्युजिल्याण्डभन्दा इंल्याण्डको लागि निक्कै महत्वपूर्ण छ ।

किनकी इंग्ल्याण्ड पराजित भए सेमिफाइनल प्रवेशको सम्भावना कमजोर बन्न सक्नेछ । अन्तिम खेलमा अष्ट्रेलिया र अफगानिस्तान भिड्नेछन् । यस्तोमा अष्ट्रेलियालाई सहज हुनेछ । अष्ट्रेलिया पराजित भए मात्रै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने सम्भावना बाँकी हुन्छ । न्युजिल्याण्डसँग हारे पनि इंग्ल्याण्डले अन्तिम खेलमा श्रीलंकालाई पराजित गरे अष्ट्रेलियालाई पछि पार्न सक्छ । तर श्रीलंकाले पनि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ । यस्तोमा दुवै टोलीको समान पाँचपाँच अंक हुँदा रनरेटबाट एउटा टोली सेमिफाइनल पुग्न सक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष