नारायणकाजीको प्रस्ताव : एमसिसीविरुद्ध सडकमा जाऊँ
काठमाडौं । काठमाडौंको राष्ट्रिय सभामा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा अमेरिकी परियोजना एमसिसीबारे कुरा उठ्यो ।
बैठकमा एमसिसी पारित गर्न सघाएकोमा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र गिरिराजमणि पोखरेलले आपत्ति प्रकट गरेका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको घेराबन्दीमा पर्ने डरले आफूले अमेरिकी परियोजना एमसिसी संसद्बाट पारित गर्न सघाएको भन्ने जवाफ दिए । उनले आफ्नो बाध्यताबारे प्रष्ट पारेका थिए ।
माओवादीलाई घेराबन्दीमा पार्ने र सिध्याउने कुरा थाहा पाएपछि आफू एमसिसी पारित गर्न सघाउन बाध्य भएको प्रचण्डले स्पष्ट पारे ।
त्यसको प्रतिवाद गर्दै नेता श्रेष्ठले ‘त्यसभए अझै पनि समय छ । अझै पनि एमसिसीविरुद्ध सडमा जाउँ नँ’ भन्ने प्रस्ताव गरे ।
यता, प्रचण्डले अहिलेको अवस्थामा त्यो गर्न नसकिने जवाफ दिए । आइतबार बस्ने केन्द्रीय कमिटीको बेठकमा यसबारे थप छलफल गर्ने भन्दै उनी पन्छिए ।
प्रचण्डको स्वीकारोक्ति : अमेरिकाको डरले एमसिसी पारित गर्न सघाएँ
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया