अफगानिस्तानमाथि श्रीलंकाको जित, सेमिफाइनल समीकरण थप रोचक
काठमाडौं । टी २० विश्वकप क्रिकेटको सुपर १२ को चौथो खेलमा श्रीलंका विजयी भएको छ । अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य श्रीलंकाले ४ विकेट गुमाएर ९ बल अगावै पूरा गरेको हो ।
जितसँगै श्रीलंकाको पनि सेमिफाइनल पुग्ने सम्भावना जीवित भएको छ । आज हुने खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई पराजित गर्ने । अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गरे श्रीलंका पनि सेमिफाइनमा पुग्न सक्छ ।
तर अष्ट्रेलिया अन्तिम खेलमा अफगानिस्तानसँग हार्नुपर्नेछ । श्रीलंकाले इंग्ल्याण्डलाई हराए पनि अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गर्नु कठिन देखिन्छ । सुपर १२ मा चार खेल खेल्दा अफगानिस्तानले एक खेल पनि जित्न सकेको छैन । दुई खेल स्थगित हुँदा दुई अंक भने जोडेको छ ।
अफगानिस्तानमाथि सहजै जित हात पार्नका लागि धनञ्जय डि सिल्भाले ४२ बलमा ६६ र कुशल मेन्डिसले २७ बलमा २५ रन बनाए । राशिद खान र मुजिब रहमानले दुईदुई विकेट लिए पनि जितसम्म पुर्याउन सकेनन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया