इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएपछि झन् रोचक बन्दै समीकरण
काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई २० रनले पराजित गरेको छ । न्युजिल्याण्डको पराजयसँगै समूह एको अंकतालिकामा सेमिफाइनलको समीकरण थप रोचक बन्न पुगेको छ ।
एक एक खेल बाँकी हुँदा छ मध्ये चार टोलीको अझै सेमिफाइनल पुग्ने सम्भावना कायम छ । यस्तो सम्भावनाको बीच तीन टोलीको चार खेलबाट समान पाँचपाँच अंक भएको छ ।
अब अन्तिम खेलले सेमिफाइनलिस्ट दुई टिमको फैसला गर्नेछ ।
अंक तालिकामा चार खेलपछि न्युजिल्याण्ड ५ अंकसहित पहिलो, इंग्ल्याण्ड ५ अंकसहित दोस्रो र अष्ट्रेलिया पनि ५ अंकसहित तेस्रो स्थानमा छ । रनरेटमा न्युजिल्याण्ड २.२३, इंग्ल्याण्ड ०.५४ र अष्ट्रेलियाको माइनस ०.३० को अवस्थामा छ ।
श्रीलंका चार खेलबाट चार अंकसहित चौथो स्थानमा छ । अब अन्तिम खेलमा श्रीलंकाले इंग्ल्याण्डको सामना गर्नेछ । न्युजिल्याण्डले आयरल्याण्ड र अष्ट्रेलियाले अफगानिस्तानसँग खेल्नेछ । यस्तोमा शीर्ष चारवटै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायम छ । तुलनात्मक रुपमा पहिलो, दोस्रो र तेस्रो हुने टोलीका प्रतिस्पर्धी कमजोर देखिन्छन् । तर इंग्ल्याण्डसँग श्रीलंकाले फाइट गर्न सक्छ ।
सबैभन्दा सहज न्युजिल्याण्डलाई देखिन्छ । आयरल्याण्ड तुलनात्मक रुपमा कमजोर टोली हो । यी दुईमध्ये न्युजिल्याण्ड सेमिफाइनल पुगे अर्को एक टोली मात्रै सेमिफाइनल पुग्न सक्छन् ।
यस्तोमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराउने र इंग्ल्याण्डले श्रीलंकालाई हराए तीनवटै टोलीको समान सातसात अंक हुनेछ । पहिले नै दुईभन्दा बढी रनरेटको फाइदा न्युजिल्याण्डलाई हुनेछ । त्यसपछि इंग्ल्याण्डलाई हुनेछ । अफगानिस्ताले अष्ट्रेलियालाई हराए इंग्ल्याण्डालाई हराउँदा श्रीलंका पनि सेमफाइनल पुग्न सक्छ ।
अन्तिम खेलमा न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलिया जिते न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनल पुग्न सक्छन् । किनकी यिनीहरूको रनरेट राम्रो छ । धेरै राम्रो रनरेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई पराजित गर्दा उसको सेमिफाइनलको ढोका खुला हुनेछ । तर यसको लागि बराबर अंक भए अर्को टिमको रनरेट पनि हेर्नुपर्ने हुन्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया