डेंगुले पत्रकार चाँदनी अधिकारीको निधन

काठमाडौं । पत्रकार चाँदनी अधिकारीको डेंगुले निधन भएको छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीले डेंगुबाट उनको आज बिहान चितवन अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
अधिकारीलाई हिजो बेसीशहरस्थित मोडल हस्पिटलबाट थप उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको थियो । रेडियो भोटेवडारको समाचार शाखामा कार्यरत अधिकारीको आज बिहान निधन भएको हो ।
प्रतिक्रिया